शिक्षकलाई मन्त्रीको सुझावः ‘सक्नुहुन्छ विद्यार्थीको भविष्य बनाउनुस्, सक्नुहुन्न बिदा भएर जानुस्’

बुलबुल नेपाल    

शिक्षकलाई मन्त्रीको सुझावः ‘सक्नुहुन्छ विद्यार्थीको भविष्य बनाउनुस्, सक्नुहुन्न बिदा भएर जानुस्’

रामेछाप, माघ २ । शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्री गिरीराजमणि पोखरेलले शिक्षा क्षेत्र देश निर्माण गर्ने ठाउँ रहेको बताएका छन् । भूकम्प राष्ट्रिय सुरक्षा दिवसको दिन पारेर बुधबार रामेछापको लखनपुरमा पुनर्निर्माण भएका कालिका मावि र भिमेश्वर माविको नवनिर्मित भवन उद्घाटन गर्दै उनले भने, ‘सक्नुहुन्छ बालबालिकाहरुको भविष्य बनाउनुस्, सक्नुहुन्न बिदा भएर जानुस्’ पोखरेलले भने बालबालिकाहरुको भविष्य माथि खेलबाड गर्ने अधिकार कोहीसँग छैन । 


शिक्षामन्त्री पोखरेलले भूकम्पीय जोखिम जहिल्यै पनि आउने भएकाले विद्यालय, स्वास्थ्य संस्था र अन्य भवनहरु भूकम्प प्रतिरोधि सुरक्षित बनाउने अभियान सञ्चालन गरेको बताए । उनले पछिल्लो समय सामुदायिक विद्यालयको संरचना निर्माणका लागि करोडौं लगानी गरेकोले त्यसको संरक्षणमा स्थानीयले सहयोग गर्नुपर्ने बताए ।

 

‘विद्यालयका भवन राम्रो भएर मात्र पुग्दैन’ पोखरेलले भने, ‘सबैको ध्यान बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिलाउनमा हुनुपर्छ ।’ स्थानीय सरकार र शिक्षा क्षेत्रमा केही अन्तरविरोध देखा परे पनि त्यसलाई समन्वयात्मक ढंगलले सल्टाउनु पर्ने बताए । उनले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने बताउँदै अभियानको रुपमा तयारी गर्नुपर्नेमा जोड दिए ।  



बुधबार, ०२ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...