गगन थापा भन्छन्, ‘सरकारले कांग्रेसलाई जिस्क्यायो, अब कडा जवाफ दिन्छौं’

बुलबुल नेपाल    

गगन थापा भन्छन्, ‘सरकारले कांग्रेसलाई जिस्क्यायो, अब कडा जवाफ दिन्छौं’

काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकार दुई तिहाइको घमण्ड देखाएको आरोप लगाएका छन् । संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता थापले सरकारप्रति यस्तो अरोप लगाए हुन् । 

 

साथै, उनले सभामुख महराले जालझेल गरेर कांग्रेसलाई झुक्‍याएर चिकित्सा शिक्षा विधेयक पास गरेको आरोप लगाए । नेता थापाले भने, ‘सभामुखले सदमा छलफल गरेर विधेयक ल्‍याउने भनेर हामी जालझेल गर्नु भएको छ। जिम्‍मेवार सभामुख अब गैर जिम्‍मेवार देखिए।’

 

उनले शुक्रबारको सदनमा सरकारले दुई तिहाइको अंकगणितले पेलेर विधेयक पास गरेकोमा विरोध जनाए। नेता थापाले विधेयक पास गरेर कांग्रेसलाई जिस्काएकाले अब सरकारविद्ध सडकबाट आन्दोलन गर्ने चेतावनी दिए। उनले भने, ‘सरकारको यो शैलीले कांग्रेसलाई जिस्काएको छ। इतिहासमा कांग्रेसलाई जिस्काउने सकिएको छ। अब हामी सरकारलाई त्‍यही प्रकारले जवाफ दिनेछौ।’



शुक्रबार, ११ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...