‘कोही नेता भालु भया, कोही नेता सेर भया’ [डेउडा]

बुलबुल नेपाल    

‘कोही नेता भालु भया, कोही नेता सेर भया’ [डेउडा]

लेखकको परिचयः

नाम- देवराज जप्रेल
जन्मः २०३२ साल
बुबाआमाको नामः धिर्कबहादुर जप्रेल र रिखी जप्रेल
जन्म स्थानः बझाङ जिल्ला दुर्गाथली गाउँपालिका- ५, भलाने

हालः भारत, ब्यङ्लोर
पार्टी आवद्धताः २०४६ सालको जनआन्दोलनदेखि नेपाली कांग्रेसमा सक्रिय
पहिलो मतः बि.सं २०४८ सालको निर्वाचन, लामो समयदेखि पार्टीमा आवद्ध रहेपनि गरिबीका कारण विदेशीनु परेको ।

...........................................................

देशको हाल्खबर सुन्दा उठ्दाछन् सनक। 
डेउडाबाटै नेता ज्यूलाई दि हाल्छु दनक !!

एकै तोरा एकै होरा पक्ष बिपक्षको। 
देशमा भएको छैन सुशासन लक्ष्यको  !!

पत्रकार पन देखिदा छन् पैसामा बिकेका ।
आआफ्ना पक्षका कुरा तिर तानी लेखेका  !!

संविधान पायाउ भनी जन्ता भयाउ खुशी। 
नेताले खाई सकि हाल्यो गरिवको खुन चुसी  !!

सुःख पायो न शान्ति पायो या सर्वहाराले। 
कैले देश समृद्धि होला सरकार यो पाराले  !!

के गर्नु खोजेको होला यि जन्ता माराले। 
अन्यायको बिरुद्धमा उठ्नुछ साराले  !!

जति जोगी आए पन कानै छन् चिरेका। 
कुर्सीमा बस्दाकी लागि आपसमा भिरेका  !!

जन्तालाई दिएको बाचा कस्ले छौ तिरेका। 
नेता भया गाउँघर छाडी शहर छिरेका  !!

कोही जन्ताको काम गर्दाछन् कोही जन्ता लुट्दाछन्। 
लुटी खाने नेतादेखि साराई रिस् उठ्दाछन्  !!

कुकुर बिल्ला बाघ ढणिल्ला कति दिन जुट्दाछन्। 
मिलि जुली खाने हुन्की प्वाक्कै पो फुट्दाछन्  !!

शहर बाघ भालु बस्या, गाउँमा बादर गुना। 
चोर आफै ठग पन आफै अझ ईमान हुना !!

झोपडीमा बाँस बस्ने नेता शहर सरिगा। 
खाने पन घुम्ने पन अुन्छनी तरिका  !!

पुरै पालिकाको टोली कति छन् टोटल। 
हवाईजहाजको यात्रा पन बाँस ठुला होटल !!

दुई तिहाईको पावर पन सरकारले देखायो। 
कर लगाई महंगी बढाई सबैको ढाड सेकायो  !!

कर उठाई करोडका गाडी किनेछौ महल। 
वर्की फर्की गरिव मार्ने सरकारको पहल  !!

नेता लाग्या कर उठाउनु आ आफ्नै पाराले। 
सुःख शान्ति कैले पाउने हो सर्व हाराले  !!

सबै नेता शहर बस्या जन्म थातै छाडी। 
काबाट कमाई ल्याया ती महल गाडी  !!

नेता जति काठमाडौमा ठटाउनी ठटाया। 
छोराछोरी स्कुल पढ्नु बिदेश पठाया  !!

ता तिर नजरै छैन देशमा गरिव मर्या। 
गरिवकी रुनन हास्नु यस्तो के प गर्या  !!

उईलका प्रधानजी भया अछेलका मेयर भया। 
कोही कोही नेता भालु भया कोही नेता सेर भया  !!

गणतन्त्र ल्यायाउ भन्यो राज भयो ठालुको। 
शिकारो नगरी भैन अब बाघ भालुको  !!

काल्या गया झाल्या आया यत्ति छ फरक। 
कान खोलेर सुन नेताउ देश छैन हरक  !!

गरिव जन्ता लुटी खाई कति मोज गरौला। 
जनताईका आँसु लागि पाप लागि मरौला  !!

देवराजका यसअघि बुलबुल नेपालमा प्रकाशित देउडा पनि पढ्नुहोस्-

-उइले भेट लेटरमी अचेल भेट नेटमी, भोटेका जाडेका जसी नौकरी गेटमी ! [देउडा]

-नेताप्रति देवराजको आक्रोश- तम्री खाने ढाडु बिल्लाउ, खानसम्म खाया !

-निर्मला पन्तप्रति देवराज जप्रेलका मनछुने देउडा !

 

-राजधानी ढिलाइका विषयमा बझाङका देवराज देउडाबाट यस्तो भन्छन्

-देवराज जप्रेलका सन्देशमूलक देउडा

-एकपटक सबैले पढ्नै पर्ने देवराजका देउडा !

 



शुक्रबार, ११ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...