सांसद भट्टद्वारा हिमपातमा फसेका यात्रुको उद्धार गर्न गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण

बुलबुल नेपाल    

सांसद भट्टद्वारा हिमपातमा फसेका यात्रुको उद्धार गर्न गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, माघ १२ । बैतडीको धरमपुर लगायतका क्षेत्रमा हिमपातका कारण बाटोमा फसेका यात्रुहरुको उद्धारका लागि पूर्वमन्त्री तथा सांसद लेखराज भट्टले गृहमन्त्री लगायत अन्य निकायको ध्यानाकर्षण गरेका छन् ।

 

विगत केहि दिनदेखि बाक्लो हिमपातका कारण यात्रुहरु बिचल्लिमा परेपछि सांसद भट्टले गृहमन्त्रिसँग त्तकाल उद्धारका लागि टोलि खटाउन र राहत सामग्री वितरण गर्न अनुरोध गरेका हुन् ।

 

‘तीनदिनदेखि यात्रु अलपत्र पर्दा समेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो आएपछि गृहमन्त्री, मुख्यमन्त्री र नेपाल प्रहरी तथा सशस्त्रका प्रदेश प्रमुखसँग तत्काल खाद्ध्यान्न सामग्रि र कम्बलसहित उद्धारका लागि भनेको छु ।’ भट्टले भने, ‘प्रदेश तहमा प्राकृतिक प्रकोपका घटनामा तत्काल रेस्पोन्स गर्ने संयन्त्र बनाउनु जरुरि छ ।’

 

बैतडी, डडेल्धुरा, दार्चुला बझाङलगायतका पहाडि जिल्लामा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर छ । सांसद भट्टले हिमपातमा कष्टकर जीवन बिताउन बाध्य जनताका लागि समेत प्रदेश सरकारबाट विशेष राहतको व्यवस्था गर्न माग गरेका छन् । सांसद भट्टको आग्रहपछि सुरक्षा निकायले उद्धारको तयारी गरेका छन्



शनिबार, १२ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...